११ भदौ २०८३, बिहिबार | August 27, 2026

‘२०६४ सालमा माओवादीलाई मत दिनु देशको गल्ती’ : उपसभापति शर्मा



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २०६४ सालमा जनताले माओवादीलाई मत दिएर गल्ती गरेजस्तो गल्ती नगर्न मतदातालाई आह्वान गरेका छन् । शुक्रबार पोखरामा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले नयाँलाई खोज्दै गर्दा २०६४ मा माओवादीलाई मत दिएर गल्ती गरेजस्तो गल्ती नगर्न मतदातालाई आह्वान गरेका हुन् ।

नयाँ खोज्दै गर्दा २०६४ सालमा माओवादीलाई झन्डै झन्डै दुई तिहाइ दिएर संसदमा पुर्‍याएको स्मरण गर्दै शर्माल भने, ‘कतिपयलाई लागेको छ नयाँ खोजौँ । नयाँ खोज्दै गर्दा २०६४ सालमा माओवादीलाई झन्डै झन्डै दुई तिहाइ दिएर संसदमा पुर्‍यायो, नयाँलाई खोज्दै गर्दा यो देशले २०६४ सालमा जुन गल्ती गर्‍यो, त्यस्तै गल्ती गर्ने, या २०७० सालमा झैँ विवेक पुर्‍याउने छनोट गर्नुपर्ने बेला छ ।’

उनले नयाँ खोज्दा देशले निकास पाउँछ कि पाउँदैन भन्ने कुराको ख्याल राख्न मतदातासँग आग्रह गरे । ०६४ को नयाँले देशलाई बाटो नदिएपछि २०७०मा कांग्रेसलाई सबैभन्दा ठुलो दल बनाएपछि मात्रै देशले दुई वर्षमा संविधान पाएको उनले दाबी गरे ।

सिंहदरबारमा नेतृत्व गरेर २३ र २४ गतेपछिको आँधी हुरी तुफानलाई व्यवस्थित पारेर कसले साम्य पार्न सक्छ भन्ने मुल प्रश्न भएको उनले बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ४ : २२ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक