१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह



काठमाडौं । पश्चिम एशियामा विकसित हुँदै गएको सुरक्षा अवस्था र इजरायल-इरानबीच बढ्दो द्वन्द्वलाई मध्यनजर गर्दै नेपाल सरकारको परराष्ट्र मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गरेको छ।

मन्त्रालयले पश्चिम एशियाको परिस्थितिलाई नजिकबाट अनुगमन गरिरहेको जनाउँदै विशेषगरी इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

जारी सूचनामा इजरायल र इरानमा बसोबास गरिरहेका नेपालीहरूलाई सम्बन्धित देशका आधिकारिक निकायहरूले जारी गरेका सुरक्षा निर्देशनहरूको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ। सकेसम्म घरभित्रै बस्न, अनावश्यक आवतजावत नगर्न, उच्च सतर्कता अपनाउन तथा आफू बसोबास गर्ने स्थानका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन मन्त्रालयले सुझाएको छ।

त्यस्तै, सम्बन्धित निकायको पूर्वस्वीकृतिबिना कुनै पनि यात्रा नगर्न स्पष्ट निर्देशन दिइएको छ। मन्त्रालयले काठमाडौंस्थित परराष्ट्र मन्त्रालय, तेल अविवस्थित नेपाली दूतावास तथा दोहास्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन पनि आग्रह गरेको छ।

यसैबीच, इजरायल वा इरान भ्रमण गर्ने योजना बनाएका नेपाली नागरिकलाई हालको अवस्था सामान्य नभएसम्म यात्रा स्थगित गर्न कडा सल्लाह दिइएको छ। साथै, अन्य मध्यपूर्वी देशहरूमा बसोबास तथा रोजगारीमा रहेका नेपालीहरूलाई पनि त्यहाँका सम्बन्धित निकायहरूले जारी गरेका सुरक्षा उपायहरूको पालना गर्दै पछिल्ला घटनाक्रमहरू निरन्तर निगरानी गर्न मन्त्रालयले अपिल गरेको छ।

परराष्ट्र मन्त्रालयले क्षेत्रीय अवस्थाको संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाली नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको जनाएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ४ : ३१ बजे

निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण छ : पर्यवेक्षक संस्थाहरू

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका चारवटा पर्यवेक्षक संस्थाले सम्पूर्ण

संविधानसभा सदस्य विनोद पहाडी एमाले प्रवेश, विष्णु पौडेलले गरे स्वागत

बुटवल । पूर्व संविधानसभा सदस्य विनोद पहाडी नेकपा एमालेमा प्रवेश

रुपन्देहीमा ८ लाखभन्दा बढीका अवैध सामान बरामद, कुखुरा, केरा र मोबाइल डिस्प्ले नियन्त्रणमा

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले

बुटवल गार्डियन्स ०७९ द्वारा सुरज पाण्डेलाई समर्थन

बुटवल । सामाजिक कार्यमा सक्रिय बुटवल गार्डियन्स ०७९ ले सुरज

शीर्ष नेताकै सम्पत्ति छानबिन गरेर सुशासन सुरु गर्छौँ : विश्वप्रकाश

गुल्मी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुशासन स्थापना गर्न