१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह



काठमाडौँ । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

दूतावासले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिलाई दृष्टिगत गर्दै कतारमा रहेका सम्पूर्ण नेपालीलाई सतर्कता अपनाइ सुरक्षित रहन अनुरोध गरेको हो ।

कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनको पालना गर्न, घरभित्र रहन, उचित सावधानी अपनाउन, अज्ञात स्रोतबाट आएका अफवाह र अप्रमाणित सूचनालाई विश्वास नगर्न दूतावासले अनुरोध गरेको छ ।

अप्रमाणित सूचना, समाचार र ‘भिडियो क्लिप’लाई प्रेषित नगर्न, आधिकारिक घोषणा र आपत्कालीन सतर्कता सन्देश निरन्तर हेरेर त्यसको पालना गर्न तथा दूतावाससँग नियमित सम्पर्क कायम राख्न दूतावासले अनुरोध गरेको छ ।

दूतावासले कतारमा रहेका नेपालीसँग टेलिफोनलगायत माध्यमबाट नियमित सम्पर्कमा रहेको जनाएको छ । कतारमा हाल तीन लाख ६० हजार नेपाली श्रमिक कार्यरत छन् ।

संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि शनिबार संयुक्त रूपमा सैन्य आक्रमण गरेपछि त्यसको प्रत्याक्रमणमा इरान उत्रिएपछि पश्चिम एसियमा तनाव बढेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १ : ५३ बजे

कसैले पैसा लिएर समर्थन गरेको हुन सक्छ, तर पार्टीले आधिकारिक रुपमा कसैलाई पनि समर्थन गरेको छैन : राप्रपा जिल्ला अध्यक्ष राणा

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला अध्यक्ष सागर

रुपन्देही-२ मा राप्रपाद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही–२ मा नेपाली कांग्रेसका

राष्ट्र बैंकले माग्यो कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष र सञ्चालकसँग स्पष्टीकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष

“निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्छ”

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

काठमाडौँ । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा