१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

राष्ट्र बैंकले माग्यो कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष र सञ्चालकसँग स्पष्टीकरण



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष र सञ्चालकहरुसँग पदबाट बर्खास्त गर्नु नपर्ने कारणसहितको स्पष्टीकरण सोधेको छ।

राष्ट्र बैंकले बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष डा. ओमप्रकाश मिश्र तथा सदस्यहरु युवराज अधिकारी, उषा कुमारी भण्डारी, टंक बहादुर बस्नेत, निसार अहमद दर्जीलाई पदबाट बर्खास्त गर्नु नपर्ने कारणसहितको जवाफ माग गर्दै सार्वजनिक रुपमा सूचना मार्फत स्पष्टीकरण सोधेको हो।

बैंकले यसअघि नै पदबाट बर्खास्त गर्नु नपर्ने कुनै कारण भए आफ्नो सफाइ तथा स्पष्टीकरण १५ दिनभित्र बैंकसमक्ष प्रस्तुत गर्न पत्राचार गरेको थियो। तर सो अवधिमा कुनै पनि सफाइ पेस नभएको जनाउँदै राष्ट्रबैंकले थप १० दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  २ : १७ बजे

कसैले पैसा लिएर समर्थन गरेको हुन सक्छ, तर पार्टीले आधिकारिक रुपमा कसैलाई पनि समर्थन गरेको छैन : राप्रपा जिल्ला अध्यक्ष राणा

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला अध्यक्ष सागर

रुपन्देही-२ मा राप्रपाद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही–२ मा नेपाली कांग्रेसका

राष्ट्र बैंकले माग्यो कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष र सञ्चालकसँग स्पष्टीकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष

“निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्छ”

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

काठमाडौँ । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा