१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा



भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि अरुबाट नभइ आफँैबाट भ्रष्टाचारको छनबिन सुरु गर्ने बताएका छन् ।

भक्तपुरको थिमिमा नेपाली कांग्रेसले आयोजना गरेको बृहत चुनावीसभामा बोल्दै उपसभापति शर्माले पार्टी सभापति गगनकुमार थापा मन्त्री हुँदा सम्पत्ति घट्यो कि बढ्यो भनेर होस् वा शेरबहादुर देउवाको सम्पत्ति घट्यो कि बढ्यो भनेर छानबिन आफ्नै पार्टीका नेताबाट सुरु गर्ने बताए । भ्रष्टाचारमा संलग्न जो कोही भए पनि कानुनी दायरामा ल्याएर देशलाई भ्रष्टचार मुक्त बनाउने बताउँदै उनले कोही अमूक व्यक्तिलाई प्रधानमन्त्री बनाउँदैमा देश बदलिन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे ।

एउटा व्यक्तिले होइन, देश बदल्न टोली नै चाहिन्छ भन्दै उपसभापति शर्माले भने, “कोही अमूक व्यत्तिःलाई प्रधानमन्त्री बनाएर देश बदलिन्छ भन्ने होइन, गगन थापालाई प्रधानमन्त्री बनाउँदैमा देश बदलिन्छ भन्ने भ्रममा पनि हामी छैनौँ ।” उनले टिम बलियो भए मात्रै देश बदलिने बताउँदै कांग्रेससँग देश बदल्ने शक्ति र क्षमता रहेको बताए ।

कार्यक्रममा नपाली कांग्रेसका केन्द्रीय सदस्य अष्टकुमार कवेँ, भक्तपुर जिल्ला सभापति दूर्लभ थापा, भक्तपुर क्षेत्र नं २ का कांग्रेस उम्मेवार कविर राणालगायतले जनताले परिवर्तनको महसुस नेपाली कांग्रेसले मात्रै गर्न सक्ने बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ९ : ५५ बजे

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

अलपत्र नेपालीलाई सरकारले अलपत्र स्थान मै सुरक्षा दिएर राख्ने व्यवस्था मिलाउने

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका