३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

यूएईस्थित नेपाली दूतावासको आग्रह- अत्यावश्यक नभएसम्म कन्सुलर सेवा लिन नआउनुस्



काठमाडौं । संयुक्त अरब इमिरेट्सस्थित नेपाली दूतावासले अत्यावश्यक नभएसम्म कन्सुलर सेवा लिन दूतावास वा महावाणिज्यदूतावास नआउन यूएईमा रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ ।

दूतावासले फागुन १८ देखि २० गतेसम्म नेपाली राजदूतावास अबुधाबी तथा नेपाली महावाणिज्यदूतावास दुबईबाट प्रदान गरिने राहदानी, कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा लगायत कन्सुलर सेवाहरू अत्यावश्यक परेमा मात्र लिन आउन अनुरोध गरेको हो ।

दूतावासका अनुसार यूएई सरकारका आधिकारिक निकायले पनि अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेका छन् । सोही सन्दर्भमा नेपाली नागरिकलाई संयमता अपनाउन र तत्काल आवश्यक नभएका कामका लागि केही समय पर्खन सुझाव दिइएको छ ।

“केही दिन धैर्य गरी परिस्थिति सहज भएपछि आफ्ना कामका लागि दूतावास वा महावाणिज्यदूतावासमा आउनु उपयुक्त हुने व्यहोरा अनुरोध गरिन्छ,” दूतावासद्वारा जारी सूचनामा उल्लेख छ ।

त्यस्तै, राहदानी नवीकरणका लागि मार्च २ देखि मार्च ४ भित्रको मिति राखी अनलाइन फाराम भरेका आवेदकहरूलाई भरिएको फाराम सुरक्षित राख्न र परिस्थिति सामान्य भएपछि जुनसुकै कार्यदिनमा उपस्थित भई सेवा लिन सकिने व्यवस्था मिलाइने दूतावासले जनाएको छ ।

दूतावासले यूएईमा रहेका नेपाली नागरिकलाई आधिकारिक सूचनाको पालना गर्न र सुरक्षा सावधानी अपनाउन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ८ : ०१ बजे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका