काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभर जारी मतदानमा दिउँसो १ बजेसम्म कुल २४.७८ प्रतिशत मत खसेको छ।
निर्वाचन आयोगका अनुसार देशभरका ७७ जिल्लामा रहेका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रहेका १० हजार ६६७ मतदानस्थलमार्फत मतदान भइरहेको छ। यी केन्द्रमा कुल करिब १९ लाखभन्दा बढी मतदाता सूचीकृत छन्।
१ बजेसम्मको तथ्यांकअनुसार देशभरबाट करिब ४ लाख ६५ हजारभन्दा बढी मत खसेको छ।
प्रदेशगत रूपमा हेर्दा गण्डकी प्रदेशमा सबैभन्दा बढी ३२.६९ प्रतिशत मतदान भएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशमा २९।६६ प्रतिशत र बागमती प्रदेशमा २९.४० प्रतिशत मतदान भएको छ।
यसैगरी लुम्बिनी प्रदेशमा २५.४० प्रतिशत, कोशी प्रदेशमा २३.१५ प्रतिशत र कर्णाली प्रदेशमा २४.३८ प्रतिशत मतदान भएको छ।
सबैभन्दा कम मतदान मधेश प्रदेशमा १६.१५ प्रतिशत मात्रै भएको तथ्यांकले देखाएको छ।
मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।
















प्रतिक्रिया