बागलुङ । यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन् ।
आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आमाको निधन भएको छैठौँ दिनमा धम्जा मतदान केन्द्रबाट दीपेन्द्र रानाले मतदान गरेका हुन् । आमाको काजक्रियामा रहे पनि मतदान गर्ने अवसरको सदुपयोग गरेको उनले बताए । राना नेपाली कांग्रेस काठेखोला–३ का वडा सभापतिसमेत हुन् ।
उनले भने, “चुनाव भनेको सही नेतृत्व चयन गर्ने महत्वपूर्ण दिन भएकोले मैले यो अवसरलाई गुमाउन चाहिँन ।”

















प्रतिक्रिया