१० असार २०८३, बुधबार | June 24, 2026

प्रधानमन्त्रीद्वारा कतारी समकक्षीसँग टेलिफोन संवाद, नेपालीको सुरक्षाबारे छलफल



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग आज टेलिफोन वार्ता गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले कतारमा रहेका तीन लाख ६० हजार नेपाली नागरिकको सुरक्षा तथा संरक्षण उपलब्ध गराएकामा नेपाल सरकार र नेपाली जनताको तर्फबाट कतारी प्रधानमन्त्री थानीलाई धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले पश्चिम एसिया क्षेत्रमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको बताउँदै सम्बद्ध सबै पक्षलाई संयमित रहन, द्वन्द्वलाई थप नचर्काउन र नागरिकको सुरक्षाको प्रत्याभूति हुनुपर्ने नेपालको धारणा रहेको बताएकी थिइन ।

उनले नेपालले सबै राष्ट्रले संयुक्त राष्ट्र सङ्घको बडापत्र, अन्तरराष्ट्रिय कानुन, जेनेभा अभिसन्धि र मानवीय कानुनको उचित सम्मान र पालना गर्नुपर्ने कुरामा जोड दिइएको बताएकी थिइन ।

कुनै पनि बहानामा युद्ध शान्तिको विकल्प हुन नसक्ने बताउँदै प्रधानमन्त्री कार्कीले वार्ता र कूटनीतिको माध्यमबाट मात्र दीर्घकालीन शान्ति सुनिश्चित हुने बताइन ।

उनले दुई मुलुकबीचको सम्बन्ध आगामी दिनमा उच्चस्तरीय भ्रमण आदानप्रदान, आर्थिक तथा सांस्कृतिक सहकार्य र जनस्तरको सम्बन्धमार्फत थप प्रगाढ हुने विश्वास पनि व्यक्त गरिन् ।

टेलिफोन संवादका क्रममा प्रधानमन्त्री कार्कीले कतारको परिस्थितिप्रति ऐक्यबद्धता व्यक्त गर्दै कतारको सार्वभौम भूमिमा खासगरी गैरसैनिक क्षेत्रमा भएको आक्रमणप्रति गहिरो चासो व्यक्त गरिन । उनले कतारले रचनात्मक भूमिकासहित वर्तमान परिस्थितिको सामना गर्न सक्षम हुने विश्वास व्यक्त गरिन ।

कतारका प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थानीले नेपाल र कतारबीचको सुमधुर, प्रगाढ र मित्रवत् सम्बन्धको उच्च प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ४ : ४७ बजे

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

नारायणगढ । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो

रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीको उम्मेद्वारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ सदस्यीय केन्द्रीय

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५

कूटनीतिमा महिला दिवस : विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा