३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत



काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत गरेको छ। उत्साहजनक सहभागिताका साथ नेपालमा लोकतान्त्रिक जनादेशको प्रयोग भएको भन्दै भारतले स्वागत गरेको हो ।

‘गत वर्षको असामान्य अवस्थाको पृष्ठभूमिमा आयोजित यो चुनाव सफलतापूर्वक सम्पन्न गरेकोमा हामी प्रधानमन्त्री सुशीला कार्की, सरकार र नेपालका जनतासाथै सरोकारवालाहरूलाई बधाई दिन्छौँ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका छन् ।

स्थानीय सम्बाददाताहरुको प्रश्नको उत्तर दिँदै जैसवालले भारतले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने तत्परता पनि व्यक्त गरे ।

‘आपसी हितका लागि हाम्रा दुई देश र जनताबीचको बलियो सम्बन्धलाई अझ सुदृढ तुल्याउन हामी नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर छौँ,’ जैसवालले भने ।

विगतमा नेपालको शान्ति, प्रगति र स्थायित्वका लागि सहयोग गरेको जनाउँदै भारतले यो चुनवामा पनि बन्दोबस्तीका सामान सहयोग गरेको उल्लेख गरेको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  १० : ५४ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६