४ आश्विन २०८३, आइतबार | September 20, 2026

रवीन्द्र मिश्रले लिए दलीय राजनीतिबाट ‘ब्रेक’, पार्टीका सबै जिम्मेवारीबाट राजीनामा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय राजनीतिबाट विदा लिएको घोषणा गरेका छन्।

निर्वाचनमा पराजयपछि उनले आज सामाजिक सञ्जालमार्फत प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

मिश्रले आफ्नो निर्णय कुनै निराशा, हताशा वा हतारमा नभई धेरै सोचविचारपछि लिएको बताएका छन्। पार्टीका वरिष्ठ उपाध्यक्षको हैसियतमा राजसंस्था पुनर्स्थापनाको पक्षमा देशभरि देखिएको जनमतलाई संगठित र पूँजीकृत गर्न पार्टी बारम्बार असफल भएको स्वीकार गर्दै त्यसका लागि आफू पनि जिम्मेवार रहेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा उनले आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको र आगामी समयका लागि स्वतन्त्र रूपमा आफ्ना विचार र अडानहरू सार्वजनिक गर्दै जाने बताएका छन्।

मिश्रले राजसंस्था पुनर्स्थापना, सुशासन लगायतका मुद्दामा आफ्नो अडान भने यथावत रहने स्पष्ट पारेका छन्। बदलिँदो भूराजनीतिक परिस्थिति र आन्तरिक रूपमा क्षयीकृत हुँदै गएको अवस्थाबीच देशलाई बचाउन र बनाउन नवीन समझदारी तथा संरचनागत पुनरावलोकन आवश्यक रहेको उनको भनाइ छ।

गत नौ वर्षको आफ्नो राजनीतिक यात्रालाई ‘उतार–चढावपूर्ण’ भन्दै उनले राजनीतिक तथा राष्ट्रिय रूपान्तरणका लागि आफूले इमानदारीपूर्वक प्रयास गरेको तर त्यो पर्याप्त नभएको उल्लेख गरेका छन्। “देशभन्दा माथि स्वार्थ राखेर व्यक्तिले पाउने तर देशले नपाउने काम कुनै हालतमा गर्ने छैन,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

मिश्रले आफ्नो राजनीतिक यात्रामा साथ दिने देश–विदेशका नेपाली तथा पार्टीका नेता–कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्। साथै उनले राप्रपालाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई तथा शुभकामना दिएका छन्।

 

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १२ : ०० बजे

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी

आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली

ब्राइटनसँग पराजित आर्सनलले गुमायो शीर्षस्थान

काठमाडौं । प्रिमियर लिगमा ब्राइटनसँग ३-० ले पराजित भएपछि आर्सनलले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको लगातार सातौँ जित

काठमाडौं । ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका-२ रिप नजिकैको छारेभिरमा पहिरो