२ असार २०८३, मंगलबार | June 16, 2026

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल



काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार शीघ्र गठन हुने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आज साँझ चाबहिलस्तुपामा जेनजी सहिदको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा उनले मुलुकमा सुशासन, स्थिरता र समृद्धिको चाहना राखेर जीवन उत्सर्ग गरेका सहिदको सपना पूरा गर्न शीघ्र सरकारको जिम्मेवारी हस्तान्तरण गर्ने बताए ।

मन्त्री अर्यालले देशमा विद्यमान विकृतिका रूपमा रहेको भ्रष्टाचार, ढिलासुस्ती, बेरोजगारीलगायत समस्या समाधान गर्न नयाँ सरकारलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ समितिले तयार पारेको प्रतिवेदन सरकारले शीघ्र सार्वजनिक गरी त्यसलाई कार्यान्वयनमा लैजाने बताउँदै उनले आन्दोलनका क्रममा भएको जनधनको क्षति तथा अपराधमा संलग्न दोषीलाई नयाँ सरकारले थप कानुनी कारबाहीको निरन्तरता दिने विश्वास व्यक्त गरे ।

मन्त्री अर्यालले आन्दोलनमा सहादत प्राप्त सहिदप्रति श्रद्धाञ्जली प्रकट गर्दै दीप प्रज्वलन गरे । पार्टीले तत्काल जुलुस वा ¥यालीको आयोजना नगर्ने तथा निकट भविष्यमा सबै निर्वाचन क्षेत्रको टोलटोलमा पुगेर मतदातालाई भेटघाट गर्ने जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १० : ३७ बजे

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज । यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार

राप्ती सोनारीमा उद्योग स्थापना गर्न उद्योगी व्यवसायीलाई पालिकाको आह्वान

नेपालगन्ज । बाँकेका उद्योगी व्यवसायीहरुले लगानी मैत्री वातावरण पाए राप्ती

मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको