११ भदौ २०८३, बिहिबार | August 27, 2026

जाँचबुझ आयोगको प्रतिवेदन : गल्ती गर्नेलाई कारबाही सिफारिस



काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाबारे गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाउँदै गल्ती गर्ने व्यक्तिहरूमाथि कारबाही गर्न सिफारिस गरेको जनाएको छ।

आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयोगले घटनासँग सम्बन्धित तथ्यहरूको विस्तृत अध्ययन गरी प्रमाणका आधारमा सुझाव र सिफारिस पेश गरेको बताए।

उनले कस–कसलाई कस्तो प्रकृतिको कारबाही सिफारिस गरिएको हो भन्ने विषय भने सार्वजनिक गरेनन्। “हामीले २३ र २४ गते भएका घटनाबारे तथ्य खोज्ने प्रयास गरेका छौं। प्राप्त प्रमाणका आधारमा राय र सुझाव दिएका छौं। अब सरकारले त्यसलाई आफ्नो जिम्मेवारीका रूपमा लिएर आवश्यक कारबाही गर्छ,” उनले भने।

प्रवक्ता शर्माका अनुसार घटनामा संलग्न भई गल्ती गर्नेहरूलाई कारबाही हुनेछ भने निर्दोष व्यक्तिहरूलाई कारबाही नहुने उनले स्पष्ट पारे।

उनले विशेषगरी भदौ २३ गतेको घटनामा सुरक्षातर्फ गम्भीर कमजोरी देखिएको पनि बताए। “त्यो दिन सुरुदेखि नै सुरक्षामा कमजोरी देखियो। ब्यारिकेड व्यवस्थापनदेखि नै सुरक्षात्मक चुकहरू भएका थिए,” उनले भने।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  १ : ४१ बजे

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा

टप एण्ड टी–२० सिरिजः आज हैदराबादसँग खेल्दै नेपाल ‘ए’

काठमाडौं । अष्ट्रेलियमा भइरहेको टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट