११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु



काठमाडौं । देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका-४, रौतहटको परोहा नगरपालिका-८, रौतहटको चन्द्रपुर नगरपालिका-१, धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ चिसापानी बजार र लमजुङको सुन्दरबजार नगरपालिका-७ कुमालटारमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकरएक जनाको मृत्यु भएको हो ।

त्यस्तै सर्लाहीको हरिवन नगरपालिका-२ पाकरगाछीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका-९ दब्यटारस्थित सडकमा उर्पदानगढीबाट शक्तिखोरतर्फ आँउदै गरेको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोचालक राप्ती नगरपालिका-९ का पूर्ण विकसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ५ : २५ बजे

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

जुम्ला । जुम्लाका आठवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहले आइतबार

कांग्रेस संसदीय दलको नेता चयन आज, सर्वसम्मत प्रयास जारी

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज

अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना