२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्रतिनिधिसभा निर्वाचन : कर्णालीमा कसले, कहाँ, कति सिट जिते ?



कर्णाली । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ ।

निर्वाचनपश्चात् सम्पन्न मतगणना र त्यसबाट प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेसले पाँच, नेपाली कम्युनिष्ट पार्टीले चार, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/एक स्थानमा जित हात पारेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवारहरु सुर्खेत क्षेत्र नं १ बाट बिष्णुबहादुर खड्का, दैलेख क्षेत्र नं १ बाट बासना थापा, जाजरकोटबाट खडकबहादुर बिसी, मुगुबाट खड्गबहादुर शाही र हुम्लाबाट जयपति रोकाया निर्वाचित भएका छन् ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारहरु सल्यानबाट रमेश मल्ल, रुकुमपश्चिमबाट गोपाल शर्मा, डोल्पाबाट धनबहादुर बुढा र कालीकोटबाट महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

सुर्खेत क्षेत्र नं.२ बाट रास्वपाका रमेशकुमार सापकोटा, दैलेख क्षेत्र नं.२ बाट नेकपा (एमाले) का लक्ष्मीप्रसाद पोखरेल र एक मात्रै निर्वाचन क्षेत्र भएको जुम्लाबाट राप्रपाका ज्ञानबहादुर शाही निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ७ : ३५ बजे

परेवाभिरमा सडक मर्मत नसकिएपछि मलेखु-काठमाडौं सडक बन्द

काठमाडौं । मलेखु-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरमा सडक मर्मत

पहिरोले रोल्पाको सहिदमार्ग अवरुद्ध

रोल्पा । गएराती परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा । बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

हालान्डको गोलमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रा

भोटेकोशी बाढी : ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा भदौ १० गते आएको विनासकारी