१० असार २०८३, बुधबार | June 24, 2026

भुटानी प्रधानमन्त्री तोब्गेले दिए रवि र बालेन्द्रलाई बधाई



काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेलेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री तोब्गेले नेपालको निर्वाचनबाट प्राप्त जनमतका लागि रास्वपाका शीर्ष नेताद्वयलाई बधाई दिएका हुन् । उनले नेपालको लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाएकोमा नेपाली जनतालाई पनि बधाई दिएका छन्।

“नेपालको आम निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्नुभएकोमा श्री बालेन शाह र श्री रवि लामिछानेलाई हार्दिक बधाई,” उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्। साथै उनले सफलतापूर्वक सम्पन्न निर्वाचनका लागि नेपाली जनतालाई पनि अभिनन्दन व्यक्त गरेका छन्।

प्रधानमन्त्री तोब्गेले आगामी सरकारसँग सहकार्य गर्दै भुटान र नेपालबीच रहेको पारस्परिक विश्वास र न्यानो मित्रतालाई अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरेका छन्।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  १२ : ५७ बजे

महाधिवेशन नसकी काठमाडौं फर्किए बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

आज पनि सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ

कोलम्बियाको लगातार दोस्रो जित, डीआर कंगोलाई हराउँदै नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

नारायणगढ । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो