२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

मोदी प्रमुखअतिथि रहने भारतको प्रतिष्ठित ‘एनएक्सटी समिट-२०२६’ मा रेनु दाहालले सम्बोधन गर्ने



काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने प्रतिष्ठितएनएक्सटी समिट २०२६मा सम्मानित वक्ताको रूपमा आमन्त्रण गरिएको छ।

भारतीय संसदको राज्य सभाका सांसद कार्तिकेय शर्माले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाउँदै निमन्त्रणा गरेका हुन्। उक्त सम्मेलन यही फागुन २८२९ र ३० (मार्च १२, १३ र १४)मा नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजना हुँदैछ।

यो सम्मेलनलाई भारतमा वार्षिक क्यालेन्डर इभेन्टको रूपमा विकास गर्ने उद्देश्य राखिएको छ। यसले नीति, शिक्षा, व्यवसाय, राजनीति, विज्ञान तथा प्रविधिका क्षेत्रका विश्वस्तरीय विचारकहरूलाई एकै ठाउँमा ल्याउने लक्ष्य लिएको आयोजकहरूले बताएका छन्।

आयोजकका अनुसार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुखअतिथिका रूपमा सहभागी हुनेछन् भने अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसन सम्मानित अतिथि रहनेछन्।

सम्मेलनमा ३० भन्दा बढी देशका सांसदहरू, हार्वर्ड, MIT, बर्कली, अक्सफोर्ड, क्याम्ब्रिज, LSE, स्ट्यानफोर्ड लगायत विश्वका २५ उत्कृष्ट विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरू, विभिन्न देशका उपकुलपति तथा विशेषज्ञहरू सहभागी हुने अपेक्षा गरिएको छ।

यसैगरी NXT in Science कार्यक्रम प्रसिद्ध भौतिकशास्त्री डा. ब्रायन ग्रीन (कोलम्बिया विश्वविद्यालय) सँगको सहकार्यमा आयोजना हुने बताइएको छ।

निमन्त्रणापत्रमा रेनु दाहालजस्ता नेताहरूको उपस्थितिले सम्मेलनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ। साथै, यस फोरमलाई आगामी वर्षहरूमा कसरी अझ प्रभावकारी बनाउने भन्ने विषयमा उनको सुझावसमेत मागिएको छ।

रेनु दाहाल भरतपुर महानगरपालिकाको दुई कार्यकाल मेयर रहिसकेकी छन् र हाल सक्रिय राजनीतिमा छन्। उनको यो निमन्त्रणालाई नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा प्राप्त मान्यताको रूपमा पनि हेरिएको छ।

NXT Summit भारतलाई विश्वस्तरीय संवाद मञ्चका रूपमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको कार्यक्रम हो, जसमा नेपालबाट प्रतिनिधित्व हुनु गौरवको विषय मानिएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ९ : ३३ बजे

निर्वाचन परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम

Pentagon says first six days of war cost $11.3bn: Report

Pentagon officials have estimated the cost of the first six

इरान युद्ध सुरु गरेको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब ३० करोड डलर स्वाहा

इरान विरुद्ध युद्ध सुरु गरेको पहिलो ६ दिनमै ११ अर्ब

मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप

बागमती । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा

पश्चिम एसिया सङ्कट : नेपाली नागरिकको सुरक्षा गर्न आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको