२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बञ्चरेडाँडामा स्थानीयको अवरोध, काठमाडौंको फोहोर विर्सर्जन पुनः ठप्प



काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा पुनः अवरोध आएको छ ।

स्थानीय बासिन्दाको विरोधका कारण बञ्चरेडाँडामा काठमाडौं उपत्यकाबाट लगिएको फोहोर विसर्जन अवरुद्ध भएको हो ।

बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौं महानगरपालिका र शहरी विकास मन्त्रालयसँग यसअघि भएका सहमति कार्यान्वयन नभएकोमा रोष जताउँदै फोहोर फाल्न अवरोध गरेका हुन् । उनीहरुले विगतमा भएका सहमतिहरू पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडानका राखेका छन् ।

आज काठमाडौंबाट फोहोर बोकेर पुगेका गाडीहरूलाई स्थानीयले फिर्ता पठाइदिएका छन् ।

यसअघि गत १६ कात्तिकमा शहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि फोहोर विसर्जनको अवरोध हटेको थियो ।

स्थानीयको आन्दोलनलाई नुवाकोटको यस आन्दोलनमा ककनी, बेलकोटगढी र धादिङको धुनीबेँसीका स्थानीय जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेताहरूले समेत समर्थन जनाएका छन्।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ११ : ५६ बजे

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई

बञ्चरेडाँडामा स्थानीयको अवरोध, काठमाडौंको फोहोर विर्सर्जन पुनः ठप्प

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा पुनः अवरोध आएको छ

प्रचण्डद्वारा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले