२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता



कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका ८४ इरानी नाविकका अवशेष शुक्रबार इरानतर्फ पठाउने प्रक्रिया सुरु गरेको जनाएको छ । नौ दिनअघि भएको उक्त घटनामा इरानको युद्धपोत डुबेका कारण ठूलो जनधन क्षति भएको थियो ।

श्रीलङ्काली अधिकारीहरूका अनुसार मार्च ४ मा श्रीलङ्काको समुद्री क्षेत्रमा रहेको इरानी फ्रिगेट ‘आइआरआइएस डेना’ माथि टारपीडो प्रहार हुँदा ती नाविकहरूको मृत्यु भएको थियो । उक्त घटनाले मध्यपूर्वमा जारी युद्धको प्रभाव हिन्द महासागरसम्म फैलिएको सङ्केत दिएको छ ।

सरकारी प्रवक्ता तुषारा रोड्रिगोले सबै आवश्यक घरेलु प्रक्रिया पूरा भइसकेको र इरानी पक्षले शव स्वदेश लैजान चार्टर्ड विमान पठाउने तयारी गरेको जानकारी दिए । उनका अनुसार श्रीलङ्काली नौसेनाले उद्धार गरेका ३२ जना इरानी नाविक भने हाल श्रीलङ्कामै रहनेछन् ।

अधिकारीहरूका अनुसार मृतक नाविकका अवशेष सिल गरिएको बाकसमा राखेर देशको दक्षिणमा रहेको मत्तला अन्तर्राष्ट्रिय विमानस्थलबाट इरान पठाइने व्यवस्था गरिएको छ । शुक्रबार दिउँसोसम्म ४६ शवको पहिलो खेप विमानस्थलमा इरानी चार्टर्ड कार्गो विमानको प्रतीक्षामा राखिएको एक अधिकारीले बताए ।

हिन्द महासागरबाट निकालिएका शवहरूलाई सुरुमा राजधानी कोलम्बोबाट करिब ११५ किलोमिटर दक्षिणमा रहेको गालेस्थित कारापिटिया अस्पतालमा लगिएको थियो । त्यहाँ शवपरीक्षण सम्पन्न गरिएपछि स्थानीय मजिस्ट्रेटले ती अवशेष कोलम्बोस्थित इरानी दूतावासलाई हस्तान्तरण गरेर मृतकका परिवारसम्म पठाउने आदेश दिएका थिए ।

यस विषयमा प्रतिक्रिया लिन एएफपीले सम्पर्क गर्दा कोलम्बोस्थित इरानी दूतावासबाट तत्काल कुनै टिप्पणी आएको छैन ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ४ : ३१ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज