३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री शर्मा



काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र अनुभव मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

गैरआवासीय नेपाली सङ्घको १२औँ विश्व सम्मेलनको आज शुभारम्भ गर्दै उनले र प्रवासी नेपालीलाई मुलुकको आर्थिक, सामाजिक विकासमा साझेदार हुन आह्वान गरे ।

प्रविधिका कारण विकास तीव्र रुपमा अगाडि बढिरहेको बताउँदै उनले अन्तरराष्ट्रिय तहमा शक्ति सन्तुलनमा फेरबदल आएकाले देशको भूराजनीतिक सम्बन्ध तथा सौम्य शक्ति वृद्धि गर्न सङ्घले सेतुको काम गर्नुपर्नेमा जोड दिए।

नेपालका सांस्कृतिक दूतका रुपमा गैरआवासीय नेपालीले पारस्परिक विश्वास अगाडि बढाएर नेपाली माटोमा योगदान पु-याउने विचार व्यक्त गर्दै उनले सङ्घको संरक्षण तथा प्रवर्द्धनका लागि सरकारले आवश्यक ऐन परिमार्जन गर्ने जानकारी दिए ।

फरक प्रसङ्गमा उनले अन्तरराष्ट्रिय तहमा भएका द्वन्द्वका कारण त्यहाँस्थित नेपालीको सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताउँदै आपतकालीन अवस्थामा उनीहरुलाई सहयोगका लागि परराष्ट्र मन्त्रालयका साथै सम्बन्धित मुलुकस्थित नेपाली नियोगमार्फत उद्धार उडान पनि सञ्चालन गरेको जानकारी दिए ।

सङ्घका कार्यकारी अध्यक्ष बद्री केसीले नेपालमा लगानी भित्र्याउनेतर्फ आफूहरू क्रियाशील रहेको बताउँदै गैरआवासीय नेपालीको अधिकार संरक्षण गर्न संस्था प्रतिबद्ध रहेको दोहोर्याए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  २ : ११ बजे

एमालेले टुंगायो समानुपातिकका १६ जनाको नाम (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ