२९ माघ २०८१, मंगलबार | February 11, 2025

बुटवलबाट गुल्मी जाँदै गरेको गाडीको ठक्करबाट एकजनाको मृत्यु



बुटवल । बुटवलबाट गुल्मी जाँदै गरेको यात्रुवाहक गाडीले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । गुल्मी जाँदै गरेको लु २ ख ५६१८ नम्बरको फोर्स गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाल्पाको तानसेन नगरपालिका ११ सामाकोटकी ४६ वर्षीया सिता गहजराज रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गहतराजलाई शनिबार पाल्पा गुल्मी सडकखण्डमा बुटवलबाट गुल्मी जाँदै गरेको लु २ ख ५६१८ नम्बरको फोर्स गाडीले बाटोमा हिडिरहेको अवस्थामा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले बताए ।

ठक्करबाट घाइते भएकी गहजराजको उपचारको क्रममा लुम्बिनी मेडिकल कजेल प्रभासमा मृत्यु भएको प्रहरी निरीक्षक बेल्बासेले बताए ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ९ : १२ बजे

युरोप निर्यात हुन थाले बटुका

झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल,

पैदल यात्रुको सुरक्षाका लागि ‘पेलिकन’ जडान

काठमाडौँ । सडक पार गर्दा पैदल यात्रुको सुरक्षालाई प्राथमिकतामा राखी

आइएमई लिमिटेडको स्टोरी एम्बेसडरमा साइग्रेस पोख्रेल नियुक्त

काठमाडौं । आइएमई लिमिटेडले सन्तोष पोखरेललाई स्टोरी एम्बेसडरमा नियुक्त गरेको

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको

‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यवसायिक कागतीखेती रमाउँदै प्रतीक

घोराही । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा