२१ भदौ २०८३, आइतबार | September 7, 2026

बुटवलमा ‘मिष्टर रामापिथेकस’ शारीरिक सुगठन प्रतियोगिता हुँदै



बुटवल । बुटवलमा ‘मिष्टर रामापिथेकस’ राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला फिजिक्स प्रतियोगिता आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघले चैत ६ र ७ गते दुई दिने प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा पुरुषतर्फ ५५ केजीदेखि ७० केजीमाथिसम्मका गरी ६ समूहमा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ खुला एथलेटिक्स फिजिक विधा समावेश गरिएको छ ।

संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठ का अनुसार काठमाडौं बाहिर आयोजना हुनेमध्ये यो उच्च धनराशीको प्रतियोगिता हो । उनले बुटवलमा यसअघि अन्तरप्रदेशस्तरीय प्रतियोगिता ११ पटक तथा ‘उजिरसिंह’ प्रतियोगिता ३ पटक आयोजना भइसकेको जानकारी दिए ।

प्रतियोगिता खेलकुदसँगै बुटवलको ऐतिहासिक पहिचान, लुम्बिनीको गौरव र नेपाली खेलकुदको विकासलाई जोड्ने प्रयास रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

जिल्ला रुपन्देही शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा विराटनगरदेखि कञ्चनपुरसम्मका खेलाडीहरूको सहभागिता रहनेछ । हालसम्म ६६ जनाले नाम दर्ता गराइसकेका छन् ।

पुरुष बडीबिल्डिङतर्फ प्रथम हुनेले नगद १५ हजारसहित मेडल र प्रमाणपत्र, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार र ५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै ‘ओभरअल’ विजेताले नगद २ लाखसहित ट्रफी पाउने छन् ।

महिलातर्फ प्रथम हुनेले नगद ३० हजारसहित ट्रफी प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार र १० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ९ : ३१ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त