७ कार्तिक २०८३, शनिबार | October 24, 2026

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक



काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेले बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभामा सिट जितेका दलहरूको बैठक बोलाइएको जानकारी दिएका छन्।

सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा आज दिउँसो २ बजे सर्वदलीय बैठक बोलाइएको हो । प्रतिनिधिसभाको आगामी कार्यकालमा हुने संसदीय प्रक्रिया र व्यवस्थापनका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले बताएका छन् ।

निर्वाचनबाट ६ वटा राजनीतिक दल निर्वाचित भएका छन् । निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बनेका छन् । एक जना स्वतन्त्र सांसद विजयी भएका छन् ।
सचिवालयले आगामी चैत १२ गते नवनिर्वाचत सांसदहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी गरिरहेको छ ।

 

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  १० : ५६ बजे

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र

सरकारका गलत काम टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले दुई

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको