१० असार २०८३, बुधबार | June 25, 2026

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक



काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेले बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभामा सिट जितेका दलहरूको बैठक बोलाइएको जानकारी दिएका छन्।

सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा आज दिउँसो २ बजे सर्वदलीय बैठक बोलाइएको हो । प्रतिनिधिसभाको आगामी कार्यकालमा हुने संसदीय प्रक्रिया र व्यवस्थापनका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले बताएका छन् ।

निर्वाचनबाट ६ वटा राजनीतिक दल निर्वाचित भएका छन् । निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बनेका छन् । एक जना स्वतन्त्र सांसद विजयी भएका छन् ।
सचिवालयले आगामी चैत १२ गते नवनिर्वाचत सांसदहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी गरिरहेको छ ।

 

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  १० : ५६ बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार