१० भदौ २०८३, बुधबार | August 27, 2026

सरकार गठनको छलफलमा जुटे रास्वपाका चार नेता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूले नयाँ सरकार गठनका लागि आन्तरिक तयारी र छलफल तीव्र बनाएका छन् ।

निर्वाचन आयोग ले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम प्रतिवेदन रामचन्द्र पौडेल समक्ष बुझाएपछि रास्वपाले सरकार गठनको तयारी अघि बढाएको हो ।

पार्टीले आगामी चैत १४ गते सरकार गठन गर्ने लक्ष्यसहित रणनीति बनाएको जनाएको छ । रास्वपा उपसभापति स्वर्णिम वाग्ले ले बिहीबार साँझ नयाँ सरकार गठनका लागि आन्तरिक तयारी सुरु भइसकेको जानकारी दिएका छन् ।

यसैबीच, संसद् सचिवालयले चैत १२ गते सबै नवनिर्वाचित सांसदलाई शपथ गराउने कार्यक्रम तय गरेको छ । त्यसको दुई दिनपछि, चैत १४ गते, रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह लाई प्रधानमन्त्रीमा अघि सार्ने तयारी गरिएको स्रोतले जनाएको छ ।

यसअघि रास्वपाले बालेन्द्रलाई संसदीय दलको नेता बनाउन पार्टीको विधान संशोधन गर्नुपर्ने देखिएको छ । सोही प्रयोजनका लागि शनिबार पार्टीको बैठक बस्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ७ : २३ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट