१० भदौ २०८३, बुधबार | August 26, 2026

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग



काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा भएका घटनाहरूको सत्यतथ्य छानबिन प्रतिवेदन सार्वजनिक गर्न पुनः सरकारको ध्यानाकर्षण गराएकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गर्दै उनले आफू र आफूजस्ता युवामाथि लागेका गम्भीर आरोपहरूको जवाफ प्रतिवेदन सार्वजनिक गरेर दिन माग गरेकी हुन् ।

जेन-जेड आन्दोलनका घाइतेका परिवारमाथि माइतीघरमा भएको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि बमले पुनः प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेकी हुन् ।

उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै प्रतिवेदन सार्वजनिक गर्नु सरकारको जिम्मेवारी भएको उल्लेख गरेकी छन् । साथै, आफूविरुद्ध उठेका आरोप–प्रश्नहरूको स्पष्ट उत्तर आवश्यक रहेको बताएकी छन् ।

बमले आन्दोलनका क्रममा भएका घटनाबारे सत्यतथ्य जान्न चाहेको उल्लेख गर्दै आफ्नो संलग्नताबारे पनि स्पष्ट हुन खोजेकी छन् । उनले आन्दोलन शान्तिपूर्ण हुँदाहुँदै हिंसात्मक कसरी बन्यो, गोली चलाउने आदेश कसले दियो र सिंहदरबारमा आगजनी कसरी भयो भन्ने विषयमा पनि छानबिन प्रतिवेदनमार्फत सत्य सार्वजनिक हुनुपर्ने माग राखेकी छन् ।

उनले माइतीघरमा भएको दुर्व्यवहारलगायत घटनाबारे आफूले बारम्बार स्पष्टीकरण दिइसकेको भए पनि अब त्यसले मात्रै नपुग्ने भन्दै सरकारले औपचारिक रूपमा प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा जोड दिएकी छन् ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  १२ : ४३ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ