८ चैत्र २०८२, आइतबार | March 22, 2026

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन



काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका सम्पदाहरुलाई समेटेर तयार पारिएको ‘ठमेलका सम्पदाहरु’ पुस्तक विमोचन गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाको सक्रियतामा नीति अनुसन्धान प्रतिष्ठान नेपालद्वारा प्रकाशित पुस्तकको आज विमोचन गरिएको हो । ठमेलभित्रका एक दर्जनभन्दा बढी सम्पदालाई समावेश गरिएको उक्त पुस्तकमा सम्पदाको खोज अनुसन्धानकर्ता प्रकृति अधिकारीले गरेका छन् ।

पुस्तकमा ठमेलभित्रका ठमेलेश्वर मन्दिर, मैत्रीपुर महाविहार, नाट्टेश्वर, त्रिदेवी मन्दिर, अशोक चैत्य, भगवान बहालको बारेमा वर्णन गरिएको छ । यस्तै, भगवती मन्दिर, भिमसेनपाटी, गाःहिटी, गुणाकर महाविहार, करुणापुर महाविहार, तःहिटी चैत्य, श्री गाहा चैत्यको बारेमा खोज अनुसन्धान गरिएको छ ।

ठमेल व्यापारिक केन्द्र मात्र नभई नेपालको जीवित सांस्कृतिक सम्पदाको क्षेत्र पनि हो । यहाँ प्राचीन परम्परा, नेवार संस्कृति, बौद्ध तथा हिन्दू आस्थाको समिश्रण पाइन्छ । ठमेलका गल्लीमा पाइने हस्तकला, परम्परागत वास्तुकला, स्थानीय परिकार, साङ्गीतिक वातावरण तथा उत्सवको विविधता यस क्षेत्रको सांस्कृतिक गहिराइको प्रमाण भएको पर्यटन व्यवसायीहरु बताउँछन् । ठमेल आउने पर्यटकले घुमघाम मात्र नगरी यहाँको जीवनशैली र सम्पदासँग प्रतक्ष्य अन्तक्र्रिया समेत गर्दछन् ।

पुस्तक विमोचन समारोहमा ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष धमलाले नेपाल घुम्न आउने विदेशी पर्यटकलाई ठमेल क्षेत्रभित्रका सम्पदाको बारेमा जानकारी दिन पुस्तक प्रकाशन गरिएको बताए । कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठान नेपालका अध्यक्ष डा प्रेमराज न्यौपानेले ठमेलको सांस्कृतिक सम्पदालाई विश्वमाझ चिनाउनका लागि यस्ता पुस्तकबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष डा रामशरण थपलिया, काठमाडौँ महानगरपालिका–२६ का पूर्व वडाअध्यक्ष विश्वम्भरलाल प्रधानलगायतले ठमेल क्षेत्रमा लुकेका सम्पदालाई बाहिर ल्याएर राम्रो कामको थालनी भएको बताए ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ८ : ५१ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका