पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको मृत अवस्थामा शव फेला परेको छ ।
चैत ९ गते बिहान करिब १० बजे डुबेको स्थानभन्दा करिब एक सय मिटर तल फहरान अन्सारीको शव फेला परेको तथा आजै दिउसो दुई सय मिटर तल अमान अन्सारीको शव फेला परेको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जानकारी दिए ।
मृत्यु हुने दुबैजना भारतको उत्तर प्रदेशस्थित सन्तकबिर नगरका किशोर रहेको प्रहरीले जनाएको छ । मृतक दुबैजना १७ वषृका थिए ।
उनीहरूसँगै घुक्न आएका अन्य सात जना भने सकुशल रहेका छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया