२७ असार २०८३, शनिबार | July 11, 2026

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा



काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ।

यही चैत १२ गते दिनको ४ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाइएको प्रवक्ता मनीष झाले जानकारी दिएका छन् । प्रवक्ता झाका अनुसार बैठकमा संसदीय दलको नेता चयन सम्बन्धमा छलफल गरिने छ ।

नवनिर्वाचित प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। निर्वाचनका क्रममा रास्वपाले बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीकारुपमा प्रस्तुत गरेको थियो ।

१२ गते नै संसद सदस्यहरूले शपथ लिनेछन् भने १३ गते शाह प्रधानमन्त्रीमा नियुक्त हुने कार्यक्रम छ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १० : ३८ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका