९ चैत्र २०८२, सोमबार | March 23, 2026

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु



नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा जग्गा नापजाँच सुरु गरेको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने उद्देश्यसहित आजबाट जग्गा नापजाँच सुरु गरेको भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनाबाट जग्गा नापजाँच गर्न प्राविधिक टोली खटिएको अध्यक्ष खनालले बताए । सो कार्यमा नेपालगन्ज उपमहानगरपालिकाले आवश्यक सहयोग र समन्वय गरेको छ । यसअघि जिल्ला भूमि आयोग खारेज गर्ने सरकारको निर्णयका कारण काम अवरुद्ध भएको थियो । तर, सर्वोच्च अदालतले उक्त निर्णय बदर गरिदिएसँगै आयोगले पुनः काम अगाडि बढाएको हो ।

सोमबार नेपालगन्ज–२१ पुरैनामा आयोजित कार्यक्रममा नापजाँच कार्यको शुभारम्भ गर्दै नगरप्रमुख प्रशान्त विष्टले आफ्नै नेतृत्वको स्थानीय सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई पुर्जा वितरण गर्ने विश्वास दिलाए । “लामो समयदेखि समाधान हुन नसकेको भूमिहीन समस्या अन्त्य गर्न हामी निरन्तर प्रयासरत छौँ”, उनले भने, “सरकार परिवर्तन भए पनि यो अभियानलाई पूर्णता दिने काममा उपमहानगरपालिका प्रतिबद्ध छ ।”

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ११ : ३७ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११