१० चैत्र २०८२, मंगलबार | March 24, 2026

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने तय भएको छ ।

आजको बैठकमा पार्टीको १५ औँ महाधिवेशन आह्वान गर्ने विषयलगायत महत्वपूर्ण एजेण्डामाथि छलफल हुने जनाइएको छ । कांग्रेसले आगामी भदौ २४ गते संस्थापक नेता बीपी कोइराला को जन्मजयन्तीको अवसर पारेर महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको बुझिएको छ ।

यसअघि गत शुक्रबार र आइतबार पनि केन्द्रीय समिति बैठक बसेको थियो । ती बैठकहरूले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको पराजयको समीक्षा गर्नुका साथै पार्टी सभापति गगन कुमार थापाले दिएको राजीनामा अस्वीकार गर्ने निर्णय गरेका थिए ।

केन्द्रीय समितिले सर्वसम्मत रूपमा सभापति थापाको राजीनामा अस्वीकृत गरेपछि उनी आजको बैठकमा सहभागी हुने नेताहरूले बताएका छन् ।

यसअघि बसेका बैठकहरू उपसभापति विश्वप्रकाश शर्माले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ७ : ५९ बजे

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने