१० चैत्र २०८२, मंगलबार | March 24, 2026

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न बिहीबार पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

यही चैत १२ गते अपराह्न २ः०० बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह हुँदैछ । सोही दिनको दिउँसो ४ः०० बजे रास्वपाले आफ्नो संसदीय दलको नेता चयनसम्बन्धी छलफलका लागि बैठक बोलाएको हो ।

पार्टी सभापति रवि लामिछानेका अध्यक्षतामा बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन । सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको सो बैठकमा विविध विषयमा छलफल हुने बताइएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रतक्ष्यतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटमा जीत हासिल गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ९ : ५७ बजे

सुनको मूल्य आजपनि घट्यो, चाँदीमा भने सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ।

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको