१० चैत्र २०८२, मंगलबार | March 24, 2026

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन



कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई आर्थिक भार पार्न थालेपछि धनगढी उपमहानगरपालिकाले उपमहानगर क्षेत्रमा संचालित निजी विद्यालयहरुलाई आफुखुसी पाठ्यपुस्तक परिवर्तन गर्न रोक लगाएको छ । उपमहानगरले एक सूचना जारी गर्दै उपमहानगरपालिकाको अनुमति बिना पाठ्यपुस्तक परिवर्तन नगर्न संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको हो ।

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन गरी अभिभावकहरुमा थप आर्थिक बोझ पर्न गएको गुनासो आएको भन्दै उपमहानगरपालिकाको पूर्व स्वीकृति बिना पाठ्यपुस्तक परिवर्तन नगर्न संस्थागत विद्यालयलहरुका नाममा उपमहानगरले निर्देशन जारी गरेको हो ।

उपमहानगरपालिकाले  सूचनामा पूर्व अनुमति बिना पाठ्यपुस्तक परिवर्तन गरिए प्रचलित कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ९ : ०७ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण