२१ भदौ २०८३, आइतबार | September 7, 2026

सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल



काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । बुधबार (चैत ११) बिहान डा. साइमन र उनको टोलीले अकल्यान्ड मा शल्यक्रिया सम्पन्न गरेको जानकारी भण्डारीले आफ्नै सामाजिक सञ्जालमार्फत दिएकी छन् ।

“लामो प्रतिक्षापछि अन्ततः मेरो घुँडाको शल्यक्रिया सम्पन्न भएको छ । डा. साइमन र उनको टोलीबाट अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया गरिएको जानकारी गराउँदछु,” उनले लेखेकी छन् ।

खाडी क्षेत्रमा हालको असहज परिस्थितिका कारण कतारस्थित एस्पेटार पुग्न कठिन भएपछि न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञमार्फत शल्यक्रिया गरिएको उनले उल्लेख गरेकी छन् ।

अब भोलिदेखि त्यहीँका चिकित्सकको निगरानीमा पुनर्स्थापन (रिह्याब) प्रक्रिया सुरु हुने र अवस्था सामान्य भएपछि एस्पेटारमै पुनः रिह्याबलाई निरन्तरता दिने योजना रहेको उनले बताएकी छन् ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ७ : ५५ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त