खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा साना तीनदलीय गठबन्धन निकट उम्मेदवारहरुलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवारहरु विजयी भएका छन् । आज साँझ सम्पन्न मतगणना अनुसार गठबन्धन दल निकट उम्मेदवारहरुलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवारहरु विजयी भएका हुन् ।
प्राप्त परिणाम अनुसार ४ सदस्यका लागि भएको निर्वाचनमा मन्दिर चुनाव चिन्ह भएका विजय गुरुङ ३४० मतका साथ विजयी भएका छन् । त्यसैगरि त्रिशुल चिन्हका अनक बहादुर नेपाली (३३३), डमरु चिन्हका रिताकुमारी जिसी (३३३) र शंख चिन्हकी सरस्वती अधिकारी (३२३) विजयी भएका छन् ।
रास्वपा निकट उम्मेदवारका विरुद्ध नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धनबाट उम्मेदवारी दिएका पुस्तक चिन्हका ओम खत्रीले ३१९, कलम चिन्हका नारद प्रसाद शर्माले ३३०, कुर्चि चिन्हकी कौशीला थापाले ३०७ र पंखा चिन्हका राजेश दवाडीले ३१० मत प्राप्त गरे ।
२०३४ सालमा स्थापना भएको ज्ञानोदय मावि तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्र, हालको लुम्बिनी प्रदेश र बाँके जिल्लास्तरमा पटक–पटक उत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत भएको खजुरा क्षेत्रकै बढी विद्यार्थी भएको विद्यालय हो ।


















प्रतिक्रिया