काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित शर्मा आइतबार मध्यराति धुम्बराहीबाट पक्राउ परेकी हुन् ।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राख्दै बालबालिकाविरुद्धको कसुर गरेको आरोप लागेको छ । यसअघि बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर रहेका बेला उनको घरबाट एक बालिकाको उद्धार गरिएको थियो ।
उक्त घटनाबारे शाहले २०८१ माघ २९ गते सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पीडित बालिकालाई हौसला प्रदान गरेका थिए । उनले बालबालिकामाथि हुने विभेद र अपराध अन्त्यका लागि शिक्षा र सामाजिक चेतनाको आवश्यकता रहेको उल्लेख गरेका थिए ।
स्रोतका अनुसार शर्मा पक्राउ प्रकरण प्रधानमन्त्री बनेलगत्तै अघि बढाइएको हो । साथै उनलाई पक्राउ गर्दा औपचारिक पक्राउ पुर्जीसमेत नदिइएको दाबी गरिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।


















प्रतिक्रिया