११ कार्तिक २०८३, बुधबार | October 28, 2026

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक



काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष विक्रम संवत् २०८३ सालको हार्दिक शुभकामनासहित लोपोउन्मुख तथा परम्परागत नेपाली लोक बाजाहरु मार्फत नेपालको सांस्कृतिक इतिहास र पहिचानको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ आकर्षक साजसज्जामा २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

नयाँ वर्ष २०८३ ले सम्पूर्ण ग्राहकहरु तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ नेपाली लोक बाजा संग्रहालयको समेत सहयोगमा नयाँ क्यालेन्डर सार्वजनिक गरेको हो ।

बैंकले देशको विभिन्न क्षेत्र, समुदाय तथा चाडपर्वमा प्रयोग हुने धार्मिक, सांस्कृतिक, सामाजिक एवं ऐतिहासिक महत्व भएका लोकप्रिय तथा लोपोउन्मुख बाजाहरु र बजाउने शैलीसहितका तस्बिरहरु भएको भित्ते तथा टेबल क्यालेन्डर बैंकको आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गरेको छ । नेपालका विभिन्न समुदायमा रहेका लोक तथा सांस्कृतिक बाजाहरु हाम्रो संस्कृति, परम्परा, पहिचानका प्रतीकका साथसाथै सांस्कृतिक सम्पदा हुन् । यस कार्यले यिनीहरुको संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरणमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

साथै, बैंकले क्यालेन्डरमा नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका बिदा, चाडपर्व, दिवस, पञ्चांग तिथि लगायतका विवरणहरू समावेश गरेको छ । ग्राहक तथा सरोकारवालाहरुले बैंकको वेबसाइट (https://www.nicasiabank.com/e-calendar/) मार्फत भित्ते तथा टेबल क्यालेन्डर सजिलै डाउनलोड गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।
।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ७ : ३३ बजे

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको आग्रह

मुस्ताङ । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले यही कात्तिक १२

चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

दाङ । बंगालको खाडीमा विकसित ‘अर्नाव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका

भोजपुरमा धान थन्क्याउन कामदार अभाव, युवा पलायनले किसान मर्कामा

भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै

वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२