१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

दानव नदीमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा



बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा ओसारपसारमा संलग्न सवारीसाधनमाथि कडाइ गर्दै यसमा संलग्न टिपर, जेसिबी र एक्साभेटर नियन्त्रणमा लिएको छ ।

कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको टोलीले शुद्धोधन गाउँपालिका–२ कलुवास्थित दानव नदीबाट अवैध रूपमा माटो उत्खनन तथा ओसारप्रसार भइरहेको अवस्थामा भे१क १३४४५ नम्बरको जेसिबी, लु२ख ४९९५ नम्बरको टिपर र ना१क ८०२६ नम्बरको एक्स्काभेटर नियन्त्रणमा लिएको हो । ती सवारीलाई आवश्यक कारबाहीका लागि शुद्धोधन गाउँपालिका कार्यालय पठाइएको र सो क्रममा रु तीन लाख २० हजार जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

जिल्लामा चोरी, तस्करी नियन्त्रणसँगै प्राकृतिक स्रोतको अवैध दोहनविरुद्ध पनि कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो समय ढुङ्गा, गिट्टी, बालुवा तथा माटोको अवैध उत्खनन गर्नेविरुद्ध प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीले अवैध गतिविधिमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइने बताएको छ । प्रहरीले यस्ता गतिविधि रोक्न निरन्तर अनुगमन र कारबाहीलाई तीव्र बनाएको जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १० : २७ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौं । संसद् बैठकको तयारीका विषयमा छलफल गर्न संसद सचिवालयले

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

दार्चुला । ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका-४ ओसिल क्षेत्रमा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ

कांग्रेस एकताका लागि महामन्त्री पौडेलको अपिल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम