१ भदौ २०८३, सोमबार | August 18, 2026

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम



काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भए पनि निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य मात्र बढाएको हो । उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोल र डिजेलको मूल्य यथावत् राखेको निगमले जनाएको छ ।

निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाँदा पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत राखेको छ । हवाई इन्धन आन्तरिक तर्फ अब प्रति लिटर २५१ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ प्रति किलोलिटर १७८५ डलर तोकिएको छ।

यो नयाँ मूल्य समायोजन चैत १८ गते बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा निगमलाई पछिल्लो १५ दिनमा २१ करोड रुपैयाँ घाटा भएको जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य पनि बढेको अवस्थामा निगमले उपभोक्ताको हित र वित्तीय सन्तुलन कायम गर्न यो निर्णय लिएको जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १० : ३८ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार