११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

रास्वपालाई चुनाव जिताउन शक्तिकेन्द्रहरुले निलो क्रान्ति गराए : रामबहादुर थापा



काठमाडौं । नेकपा (एमाले) ले संसद बैठकको पहिलो दिनमै सत्तारुढ दल र सरकारप्रति आक्रोश व्यक्त गरेको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता रामबहादुर थापाले भदौ २३ र २४ को विध्वंस गर्न रास्वपाको संलग्नता रहेको आरोप लगाए । उनले सेना, कर्मचारीतन्त्र, टीओबी, बारबरा फाउन्डेसन, सुशीला कार्की सरकार, विदेशी शक्तिकेन्द्र लगायतका विभिन्न शक्तिले चुनावमा निलो क्रान्तिलाई अनुमोदन गराउने षड्यन्त्र गरेको आरोप समेत लगाए ।

“रास्वपाको अघोषित रंग क्रान्ति भदौ २३ र २४ मा सफलतापूर्वक गरियो। फागुन २१ गते आम निर्वाचनमार्फत निलो क्रान्ति सम्पन्न गरियो,” उनले व्यंगात्मक शैलीमा भने, “चैत १३ गते भव्य धार्मिक अनुष्ठानसहित प्रधानमन्त्री नियुक्त गरियो। नेकपा एमालेको तर्फबाट यो अभूतपूर्व विजयी बधाई भन्न चाहन्छु।”

थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति पनि जनाए। उनले उनीहरूलाई गैरकानूनी ढंगबाट पक्राउ गरिएको दाबी गर्दै त्यसप्रति विरोध व्यक्त गरे।

“समृद्धिका नायकहरूलाई खलनायक र हत्यारोको रूपमा स्थापित गर्न खोजिएको छ,” उनले भने, “देश जलाउनेहरूलाई महानायक बनाइएको छ।”

थापाले राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने प्रयास किन भइरहेको भन्दै सरकारसँग प्रश्न उठाए। “कुन उद्देश्य पूरा गर्नका लागि राजनीतिक नेतृत्वहरूलाई पक्राउ गर्ने प्रपञ्च रचिँदैछ ? किन देशव्यापी रूपमा दमनचक्र र राज्य आतङ्क मच्चाइँदैछ ?” उनले प्रश्न गरे।

त्यसैगरी, उनले भदौ २३ र २४ गतेको घटनाबारे स्पष्टता माग्दै विद्यार्थी सङ्गठनहरू खारेज गर्ने सरकारको तयारीप्रति पनि असन्तुष्टि व्यक्त गरे।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ३ : ४१ बजे

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर

काठमाडौं । राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा