२० आश्विन २०८३, मंगलबार | October 6, 2026

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता




काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ ९आईपीयू० को १५३औँ महासभामा भाग लिइरहेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँ रहेको चिनियाँ प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनीहरूबीच नेपाल–चीनबीच जनस्तरमा समेत रहिआएको न्यानो र मित्रवत् सम्बन्ध तथा संसदीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने विषयमा केन्द्रित रही विचारविमर्श भएको थियो ।

भेटका अवसरमा सभामुख अर्यालले नेपाल र चीनबीच निकट मित्रता, असल छिमेकीपन, पारस्परिक सम्मान तथा पञ्चशीलका सिद्धान्तमा आधारित सम्बन्ध रहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ ।

उनले नेपाल ‘एक चीन नीति’प्रति दृढ प्रतिबद्ध रहेको तथा नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पारेका थिए ।

सभामुख अर्यालले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा रूपान्तरण गर्न चीनले पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै दुई देशबीचको विकास सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको सचिवालयले जनाएको छ ।

उनले हालै रसुवामा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता चिनियाँ नागरिकका परिवारजनप्रति समवेदना प्रकट गरे ।

सभामुख अर्यालले विपद्का समयमा चीन सरकारबाट प्राप्त आपत्कालीन आर्थिक सहयोग, मानवीय सहायता तथा खोज तथा उद्धारका लागि भएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए । चीन सरकारले सुरुङ उद्धार तथा फरेन्सिक र डिएनए विशेषज्ञ टोली तथा ड्रोनलगायतका उपकरण उपलब्ध गराएको थियो ।

सभामुख अर्यालले दुई देशबीच स्थापित संसदीय मैत्री समूह तथा प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकांग्रेसबीच भएको अन्तरसंसदीय सहकार्यसम्बन्धी समझदारीले संसदीय आदानप्रदान र आपसी समझदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १२ : २३ बजे

बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज तेस्रो

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको

मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ ९आईपीयू०

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख