२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा



नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने (बिचौलिया) ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले बिचौलियाको आरोप लागेका ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिए । उनले अनुसन्धान पछि दोष ठहरिए अनुरुप कारबाही हुने बताए ,

प्रहरी नियन्त्रणमा परेकाहरुमा दीपा रोकाय, चन्द्रकला बुढाथोकी, अर्चना पौडेल, नर्मदा बर्मा, संगीता जिसी, नसिम खान, जीवन सत्यल, शुभय सोनी र रबिन थापामगर रहेका छन् ।

बाँकेको नेपालगन्जको यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीले भर्ने फारम देखि कार्यालयको ढड्डा समेत बिचौलियाको पहुँचमा हुने गरेको गुनासो आएपछि प्रहरी टोलि यातायात कार्यालय पुगेको थियो । सेवाग्राहीले आफै गर्न सकिने कामहरु समेत कर्मचारीहरुले बिचौलियाबाट गराउन बाध्य पार्ने गरेको यातायात कार्यालयमा सेवा लिन पुगेका एक सेवाग्राहीले बताए ।

बिचौलियाले यातायात कार्यालयमा सहजै काम गराई दिने भन्दै सेवाग्राहीसँग रकम लिने गरेको सेवाग्राहीहरुको गुनासो छ । लेखापढी अनुमति पाएका ८ देखि १० जना कार्यालय परिषरमा बसेपनि नेपालगन्ज यातायातमा सयबढी बिचौलिया सक्रिय रहेको यातायात कार्यालय स्रोतको दाबी छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ९ : २२ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२