२० भदौ २०८३, शनिबार | September 5, 2026

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अध्यक्षमा यमबहादुर जीसी निर्वाचित



बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको १४ औँ अधिवेशनबाट अध्यक्षमा यमबहादुर जीसी निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा जीसीले २७४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी पंकज राईले २२६ मत प्राप्त गरे भने अर्का प्रतिस्पर्धी प्रताप बहादुर कार्कीले १६४ मत ल्याए । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा गणेश घिमिरे ४४९ मतसहित विजयी भए । खुल्ला उपाध्यक्षमा डिल्लीराम रिजाल ४१७ मतसहित निर्वाचित हुँदा गुल्मी-पाल्पा-स्याङ्जा सेक्टर उपाध्यक्षमा रिज केसी ३८० मतसहित विजयी भए ।

काठमाडौं उपाध्यक्षमा युवराज पन्थ ४१० मत ल्याएर निर्वाचित भएका छन् । सचिवमा ढुण्डीराम गैरे ४०१ र कोषाध्यक्षमा काशिनाथ पोखरेल ३७८ मतसहित विजयी भए ।

सदस्यहरूमा किशोर पंगेनी (४३२), खिमप्रसाद भुसाल (३९०), खेमलाल पौडेल (३७०), प्रदीप पन्थी (४४८), प्रेम विक (३२६), विकास अग्रहरी (३३२), विकास शर्मा आचार्य (३२०), बेलबहादुर (३७५), भोजराज भुसाल (३४०) र सुरज गुप्ता (३१३) मतसहित निर्वाचित भएका छन् ।

यसअघि रुपन्देही उपाध्यक्षमा बसन्ती आले र राजकुमार लामा, नवलपरासी उपाध्यक्षमा कृष्णबहादुर कंडेल, कपिलवस्तु-अर्घाखाँची उपाध्यक्षमा उज्जल केसी तथा नवलपुर उपाध्यक्षमा पर्शुराम भण्डारी ‘रामु’ निर्विरोध निर्वाचित भइसकेका थिए ।

नयाँ नेतृत्व चयनसँगै समितिले यातायात क्षेत्रको सुधार, व्यवसायीको हकहित संरक्षण तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ८ : ०० बजे

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ