७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छ : प्रधानसेनापति



बुटवल । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न इतिहासदेखि नै अतुलनीय योगदान पु¥याउँदै आएको बताएका छन् ।

उनले नेपाली सेनाले आफ्नो ऐतिहासिक परम्परालाई कायम राख्दै वर्तमान र भविष्यका चुनौतीहरूलाई सामना गर्न सक्ने सक्षम संस्थाका रूपमा थप विकास गरी भावी पुस्तामा हस्तान्तरण गर्दै लैजानु सबैको साझा दायित्व भएको स्मरण गराए ।

नेपाली सेनाद्वारा मध्य पश्चिम मुख्यालय बुटवलमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्दै प्रधानसेनापति सिग्देलले देशको सार्वभौमिकताको रक्षाका लागि सेनाले निर्वाह गरेको भूमिकालगायत आन्तरिक सुरक्षा, विकास निर्माण, विपत् व्यवस्थापन तथा अन्तरराष्ट्रिय शान्ति स्थापनाले नेपाली सेनालाई स्वदेश र विदेशमा एक विश्वसनीय एवं सम्मानित संस्थाका रूपमा स्थापित गरेको बताए ।

उनले हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले देखाएको उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र एवं कार्य कुशलताको सर्वत्र प्रशंसा भएको बताउँदै यस कार्यमा अवकाश प्राप्त भूतपूर्वसैनिकहरूको महत्वपूर्ण योगदान रहेको आफूले अनुभूत गरेको उल्लेख गरे ।

“हामीसँग हाम्रा वीर पुर्खाहरूले गर्नुभएको त्याग, तपस्या, बलिदान, कर्तव्यपरायणता र अटल राष्ट्रभक्तिले त्यति नै जीवन्त र गर्विलो इतिहास सार्थी छ”, उनले भने, “सैनिक अनुशासन, सैनिक चेन अफ कमान्ड, सङ्गठनको अराजनीतिक चरित्र, एकताको भावना र साङ्गठनिक लक्ष्य प्राप्तिका अविच्छिन्न केन्द्रित हुने परम्पराले हाम्रो इतिहासलाई थप गौरवशाली बनाएको छ ।”

प्रधानसेनापति सिग्देलले भूतपूर्वसैनिक सम्मेलन तथा पुनर्मिलन कार्यक्रम केवल अवकाश प्राप्त सैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका परिवारजनहरूको पुनर्मिलन मात्र नभई हामी बीचको भावनात्मक सम्बन्ध थप सुदृढ गर्ने, हिताधिकारीका वास्तविक समस्या बुझ्ने, कल्याणकारी कार्यक्रमलाई समयानुकूल सुधार गर्ने र भविष्यका लागि तय गरिने नीति तथा कार्यक्रमलाई व्यावहारिक बनाउने अवसरका रुपमा आयोजना गरिएको बताए ।

उनले नेपाली सेना, कल्याणकारी बोर्डले देशमा रहेका हितकारीहरूलाई एउटै छानामुनि ल्याउनका लागि सञ्जाल बनाउने र विस्तार गर्ने कार्य गर्दै आइरहेको बताउँदै हितकारीहरूको सङ्ख्याका आधारमा देशव्यापी राष्ट्रिय सञ्जालका रूपमा वडा तहसम्म विस्तार गर्ने अभियान तीव्र गतिमा अघि बढाइएको बताए । “यस किसिमको सञ्जाल विकासको मुख्य उद्देश्य कोषबाट प्रदान गरिएका सेवा र सुविधासम्बन्धी जानकारी दिने, भूतपूर्वसैनिक तथा परिवारको समस्या सुन्ने र समाधानमा सहजीकरण गर्ने हो,” उनले भने, “यस सञ्जाललाई प्रभावकारी बनाउन यहाँहरूको आबद्धता, सक्रिय सहभागिता र सुझाव अत्यन्त महत्वपूर्ण रहनेछ ।”

त्यस अवसरमा सम्मेलनमा उपस्थित भएका भूतपूर्वसैनिक तथा बहालवाला तथा भूतपूर्व सैनिकका अशक्त आश्रित परिवारमध्ये विभिन्न कर्जा प्राप्त गर्ने ऋणीहरूलाई चेक हस्तान्तरण, कल्याणकारी कार्यक्रमअन्तर्गत सर्वोत्कृष्ट र उत्कृष्ट लघुउद्यम व्यवसायीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

ज्येष्ठ भूतपूर्व सैनिक तथा ज्येष्ठ एकल महिलालाई सम्मान तथा आफ्ना चार जना वा सोभन्दा बढी सन्तानलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गरेको योगदानको कदरस्वरुप आमाबाबुमध्ये एक जनालाई कदरपत्र तथा नगद पुरस्कार गरिएको थियो ।

कार्यक्रममा बहालवाला तथा भूतपूर्व सैनिकका अशक्त आश्रितहरूलाई ह्विल चियर तथा वैशाखी वितरण गरिएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ३ : ४७ बजे

एमाले सचिवालय बैठक शुक्रबार बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक शुक्रबार

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा राजनीतिक दलका नेताहरुसँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका

जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु

तानसेन । जङ्गली च्याउ खाँदा यहाँको रम्भा गाउँपालिका–५ फलकुनमा दुई

बुटवलमा बसन्त गौचन फुटबल एकेडेमीको तेस्रो शाखा सञ्चालनमा

बुटवल । कुनै समय नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी

बुटवलमा अत्याधुनिक अस्पतालजन्य फोहर प्रशोधन केन्द्र सञ्चालन (भिडियोसहित)

बुटवल । बुटवल उपमहानगरपालिकाले अस्पतालजन्य फोहरको वैज्ञानिक व्यवस्थापनका लागि अत्याधुनिक