२६ आश्विन २०८३, सोमबार | October 12, 2026

पृतनापति समन्वयात्मक बैठक सम्पन्न




काठमाडौँ । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ । हिजोबाट जङ्गी अड्डामा सञ्चालन भएको बैठक आज सम्पन्न भएको ह

बैठकको समापन समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी अशोक राज सिग्देलले यस वर्ष भएका विपद्का घटनाहरूमा खोज तथा उद्धार कार्यमा सकलदर्जाले देखाएको उच्च पेसागत दक्षता तथा व्यावसायिकता एवम् सम्पादन गरिएका उदाहरणीय कार्यहरूको लागि धन्यवाद ज्ञापन गरे । उनले प्राप्त जिम्मेवारीलाई आगामी दिनमा समेत कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिए ।

बैठकमा सम्पादन भएका कार्यहरूको समीक्षा, वर्तमान परिस्थितिको विश्लेषण, विपद् प्रतिकार्य लगायत समसामयिक विषयहरूमा छलफल गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पृतनापति समन्वयात्मक बैठकको समापन कार्यक्रममा बलाधिकृत, रथीवृन्द लगायत अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ९ : ३२ बजे

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि

२१ सयले सस्तियो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई