१० भदौ २०८३, बुधबार | August 26, 2026

सभामुखले सम्हाले कार्यभार, निस्पक्ष र तटस्थ भएर काम गर्ने प्रतिवद्धता



काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गरेका छन् ।

आज अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि अर्यालले सभामुखको कार्यभार सम्हालेका हुन्।

पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदन प्रतिपक्षीको भएको बताए । उनले एकजना भएपनि प्रतिपक्ष शक्तिशाली हुने बताउँदै भने, “यसपटकको बलियो प्रतिपक्ष नागरिक नै हुन् । प्रतिपक्षमा एकजना मात्रै किन नहोस्, प्रतिपक्ष नै हो । र, उहाँहरू शक्तिशाली (पावरफुल) हुनुहुन्छ ।” आफु तटस्थ र निष्पक्ष भएर सभामुखको गरिमा कायम राख्ने उनले प्रतिवद्धता जनाए ।

सभामुख अर्याललाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उच्चअधिकारीले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ५ : ३७ बजे

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र