२३ चैत्र २०८२, सोमबार | April 6, 2026

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण



चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको सङ्क्रमण भएको पाइएको छ । साउनयता अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा यस रोगको सङ्क्रमण देखिएको हो ।

जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार भरतपुर महानगरपालिकाका १३ जनामा कुष्ठ रोग देखिएको हो । यस्तै कालिका नगरपालिकामा चार र माडी नगरपालिकामा एक जनामा यो रोगको सङ्क्रमण देखिएको हो । यसमध्ये १० जना पुरुष र आठ जना महिला छन् । गत आर्थिक वर्षमा ४३ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । यसमध्ये २६ पुरुष, १६ महिला र एक जना १४ वर्षमुनिका थिए ।

क्षयकुष्ठ अधिकृत दुवाडीका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेपे्र नामक सुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो । शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दाग देखापर्नु सुरूको चिह्न भएको उनले बताए । अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौँ झरेर जानु कुष्ठरोगका चिह्न हुने र अन्त्यमा अपाङ्गता हुनसक्ने उनले बताए ।

स्नायुमा असर पर्न जाँदा हातखुट्टा लगातार झमझम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशी कमजोर हुनु आदि लक्षण भेटिएमा कुष्ठरोग हो कि भनी शङ्का गर्न सकिने उनले बताए ।

कुष्ठरोगका चिह्न र लक्षणका आधारमा बढी किटाणु भएको अर्थात् (एमबी) कुष्ठरोग, कम किटाणु भएको अर्थात् (पीबी) कुष्ठरोग हुने गरेको उनले जानकारी दिए । यस रोगको उपचार बढी किटाणु भएका कुष्ठरोग बिरामीले १२ महिना र कम किटाणु भएका कुष्ठरोग बिरामीले छ महिना नियमित औषधि सेवन गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ७ : ५८ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको