बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति गठन गरीएको छ । संघमा आवद्ध खाद्यान्न उद्योगीहरुको भेलाले खाद्यान्न वस्तुगत समिति गठन गरेको हो । संघका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरि बहादुर खत्रीको अध्यक्षता एवं संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको प्रमुख आतिथ्यता, संघका पदाधिकारी तथा कार्य समिति सदस्यहरु एवं खाद्यान्न उद्योगीहरुको उपस्थितीमा भेला सम्पन्न भएको हो ।
खाद्यान्न उद्योगीहरुको भेलाबाट बुटवल रारा मसलाका संचालक दिपक भुसालको संयोजकत्वमा ५ सदस्यीय वस्तुगत समिति गठन गरिएको छ । गठित समितिको सह-संयोजकमा एक्वा आइस उद्योगका बाबुराम कंडेल, सचिवमा शुभलाभ अचार उद्योगकी कमला कुवँर के.सी तथा सदस्यहरुमा बसन्ती अचार उद्योगकी बसन्ती खत्री र स्नेहा कन्फेक्सनरी उद्योगका सुनिल जैसवाल रहेका छन । भेलाले समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष हरि बहादुर खत्री, कोषाध्यक्ष बिशाल बेलवासे, महिला सचिव मन्जु भुसाल, कार्यसमिति सदस्य रमेश प्रसाद आचार्य र बोलबम फुड प्रोडक्टका देवीराम पाण्डेलाई चयन गरेको छ ।
त्यसैगरी कृषि तथा डेरी उद्योगीहरुको भेलाले यूनाइटेड पोल्टी फर्म उद्योगका संचालक प्रेमहरी तिमिल्सिनाको संयोजकत्वमा ५ सदस्यीय वस्तुगत समिति गठन गरेको छ ।
गठित समितिको सह संयोजक सगुन डेरी उद्योगका हरी देवकोटा, सचिवमा सैनामैना पोल्टी फर्मका लोकनाथ खनाल एवं सदस्यहरुमा अनु पशुपालनकी मिना क्षेत्री र गायत्री डेरी उद्योगका यम बहादुर खत्री रहेका छन । भेलाले समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष हरि बहादुर खत्री, कार्यसमिति सदस्य रमेश आचार्य, पार्वति गिरी, पबित्र डेरी उद्योगका मेघराज भण्डारी र शिवगंगा डेरी उद्योगका संचालक विजय सापकोटालाई चयन गरेको छ ।
भेलामा सम्बोधन गर्दै संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले नव गठित समितिलाई बधाई एंव शुभकामना दिए । उनले उद्योगीका समस्याहरु रुपन्देही उद्योग संघसम्म ल्याईपु¥याउन आग्रह गरे साथै समिति क्रियाशिल ढंगबाट औद्योगिक विकासमा कटिवद्ध रहने विश्वास समेत व्यक्त गरे ।
भेलामा नव गठित समितिका संयोजक दिपक भुसाल र प्रेमहरी तिमिल्सिनाले आ-आफ्ना क्षेत्रबाट औद्योगिक विकासमा हातोमालो गर्दै क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले शुभकामना व्यक्त गरेका थिए । नेपाल डेरी एशोसियसनका पूर्व अध्यक्ष मेघराज भण्डारीले नयाँ गठित समितिलाई शुभकामना दिदै आफ्ना उद्योगमा आएका समस्याहरुलाई संघ समक्ष ल्याइपु¥याउन आह्वान गरे ।
कार्यक्रम संयोजक तथा प्रथम उपाध्यक्ष हरी बहादुर खत्रीले स्वागत गर्दै वस्तुगत समिति गठनको उद्देश्य माथि प्रकाश पारेका थिए । संघका महासचिव सुमन बस्यालको संचालनमा सम्पन्न भेलामा संघका द्धितिय उपाध्यक्ष युवराज आचार्य, कोषाध्यक्ष बिशाल बेलवासे, सचिव अशोक कुवँर, महिला सचिव मन्जु भुसाल, सह कोषाध्याक्ष राजु घिमिरे कार्यसमिति सदस्य रमेश प्रसाद आचार्य र दिलु शाही एवं विभिन्न खाद्यान्न एवं कृषि तथा डेरी उद्योगीहरुको उपस्थिति रहेको थियो ।


















प्रतिक्रिया