२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश



काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले सरकार र निवेदक दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

मंगलबार मेघराज पोखरेलको एकल इजलासमा प्रारम्भिक सुनुवाइ सम्पन्न भएपछि अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश दिइएको हो । साथै, अदालतले सरकारलाई कारणसहित लिखित जवाफ पेश गर्न समेत निर्देशन दिएको छ ।

अब उक्त मुद्दामा सरकार र रिट निवेदकबीच हुने छलफलपछि मात्रै अन्तरिम आदेश जारी हुने वा नहुने विषय टुंगो लाग्नेछ ।

नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले सोमबार रिट निवेदन दायर गरेका थिए । रिटमा सरकारी विज्ञापन निजी मिडियामा नदिने निर्णयले संविधानले सुनिश्चित गरेको अभिव्यक्तिको स्वतन्त्रतालाई कमजोर बनाउने उद्देश्य राखेको दाबी गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी विज्ञापन तथा सूचना प्रकाशन-प्रसारण गर्दा सरकारी स्वामित्वका सञ्चारमाध्यममार्फत मात्र गर्ने गरी सबै निकायमा परिपत्र जारी गरिसकेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ६ : २९ बजे

कपिलवस्तु-११ दोस्रो सौभाग्य कपको सेमीफाईनलमा प्रवेश

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

होटल पौवाको १०औँ वार्षिकोत्सव : सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्जमा कमल खत्री र समिक्षा अधिकारीको प्रस्तुती रहने नेपालगन्ज ।

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर

वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र : बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौं । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र