२० भदौ २०८३, शनिबार | September 5, 2026

‘एमआरपी’ र ‘लेबल’ अनिवार्य गर्न निर्देशन



काठमाडौँ । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) र स्पष्ट लेबल अनिवार्य रूपमा उल्लेख गर्न निर्देशन दिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक सूचना जारी गर्दै सबै सरोकारवालालाई उक्त व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो । सूचनाअनुसार विदेशबाट आयात हुने वस्तुमा आयातकर्ताको विवरणसहित एमआरपी उल्लेख भएको लेबल अनिवार्य रूपमा राख्नुपर्नेछ । स्वदेशी उद्योगले उत्पादन गर्ने वस्तुमा मूल्य, ब्याच नम्बर, तौल तथा अन्य आवश्यक विवरण स्पष्ट देखिने गरी लेबलिङ गर्नुपर्नेछ ।

विभागले स्पष्ट लेबल नभएका वा एमआरपी उल्लेख नभएका वस्तु बिक्री नगर्न बिक्रेताहरूलाई निर्देशन दिएको छ । लेबलमा उल्लेखित मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

कुनै पनि वस्तु खरिद गर्दा अनिवार्य रूपमा एमआरपी, उत्पादन विवरण र प्रयोगसम्बन्धी जानकारी हेरेर मात्र खरिद गर्न विभागले आम उपभोक्तामा आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ९ : ५४ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २